सुनको मूल्य बढ्यो, कति पुग्यो ?
Wednesday, March 25th, 2020, 1:41 pm
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यवृद्धि हुने क्रम रोकिएको छैन । सुनको मूल्य ७६ हजार नाघेको छ । आइतबारका लागि सुनको मूल्य ७६ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ७६ हजार २ सयमा कारोबार भइरहेको छ । आजका लागि चाँदीको मूल्य ८८५ रुपैयाँमा कायम छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।