जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु, चार गम्भिर घाइते
Tuesday, March 24th, 2020, 7:21 am
पोखरा । बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ति बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका–१ बोंगादोभानमामा जन्ति बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो ।
दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रिता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिए ।
दुर्घटनामा चार जना गम्भिर घाइते भएका छन् । म्याग्दीको मालिका गाउँपालिका– २ का ४८ बर्षिया मनप्रसाद पुन, बर्ष २९ को चालक रमेश घर्ति, बर्ष ४२ का खगेन्द्र पुन र वर्ष ४३ कि गौमाया पुनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ । थप उपचारका लागि जिल्ला सदरमुकाम वा पोखरा पठाउने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार अरु ७ जना भन्दा धेरै सामान्य घाईते रहेको प्रहरीले जनाएको छ । झण्डै ३५ जना सवार ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।