निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ४२ सवारी साधन कारबाहीमा
Sunday, June 13th, 2021, 1:18 pm
काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा निधेषाज्ञा उल्लंघन गर्ने ६४२ सवारी साधन कारबाहीमा परेका छन् ।
आज बिहान मात्रै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६४२ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । जसमा ५०६ दुई पाङग्रे सवारी, ११० ओटा चारपाङ्ग्रे सवारी, ६ ट्याक्सी र २० ठुला सवारी साधन रहेको प्रहरीको भनाई छ ।
पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ । त्यसपछि पनि केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप्ने स्थानीय प्रशासनको तयारी छ । निषेधाज्ञाका क्रममा उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ । काठमाडौँको विभिन्न चोकमा सवारीको चाप बढेको हो ।