सेयर कारोबारमा चलखेल भएको भन्दै ‘एओेएन’ बन्द गर्न नेपाल धितोपत्र बोर्डको निर्देशन
Sunday, June 13th, 2021, 12:41 pm
काठमाडौं । अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमसएस) मा हुने ‘अल अर नन’ (एओेएन) को दुरुपयोग गरी हुने गरेको चलखेल रोक्न नेपाल स्टक एक्सचेन्जले नयाँ व्यवस्था लागू गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि लागू हुने गरी आईओएन नै रोक्का गर्ने भएको हो । ठूला लगानीकर्ताहरुले टीएमएसमा कृत्रिम खरिद तथा बिक्री चाप देखाई चलखेल गर्ने गरेको बोर्डको निष्कर्ष छ ।
कृषिमा अर्डर देखाएर सेयर मूल्य घटबढ गराउन खोजिएको जस्तो देखिएकाले कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा केहि फेरबदल गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको र नेप्सेलाई भोलिदेखि नै लागू हुने गरी निर्देशन दिइएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिनुभयो ।
टीएमएसमा आईओएन भन्ने अप्सन रहेको हुन्छ । यो सिस्टम भनेको लगानीकर्तालाई चाहिए जति पाएमात्रै किन्न वा बेच्न सहज होस् भनेर बनाइएको सिस्टम हो ।
नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बोर्डको निर्देशन कार्यान्वयन हुने बताउनुभयो । अहिलेको व्यवस्थाले सक्रिय र पुराना लगानीकर्ताहरु नझुक्किए पनि नयाँ लगानीकर्ताहरु भने झुक्किन सक्ने खतरा भन्दै उहाँले नयाँ व्यवस्था पछि केहि सहज हुने उल्लेख गर्नुभयो ।