वेस्ट ह्यामसँग प्रशिक्षक मोयसको नयाँ सम्झौता
Sunday, June 13th, 2021, 11:18 am
एजेन्सी । इंग्लिस क्लब वेस्ट ह्यामले मुख्य प्रशिक्षक डेभिड मोयससँगको सम्झौता नवीकरण गरेको छ । वेस्ट ह्यामले हिजो (शनिबार) प्रशिक्षक मोयससँग थप ३ वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेको जनाएको छ ।
वेस्ट ह्यामले म्यानुएल पेल्लिग्रिनीलाई बर्खाूत गर्दै स्कटिस प्रशिक्षक मोयस सन् २०१९ को डिसेम्बरमा वेस्ट ह्यामको मुख्य प्रशिक्षकको रुपमा भित्राएको थियो ।
५८ वर्षीय म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक मोयसले २०१७-१८ को सिजन पनि वेस्ट ह्यामको नेतृत्व गर्नुभएको थियो ।