गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता घिमिरेको राजीनामा
Sunday, June 13th, 2021, 9:09 am
काठमाडौं । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिनुभएको छ । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिनुभएको हो ।
एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।