एरिक्सन मैदानमा लडेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द
Saturday, June 12th, 2021, 11:09 pm
एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल रद्द भएको छ ।
डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर लडेपछि युएईएफले चिकित्सा आपतकालको कारण जारी खेल स्थगित गरिएको जनाएको छ ।
खेलको ४३ औं मिनेटमा डेनमार्कका प्ले मेकर क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमा खेल अबरुद्ध हुन पुगेको थियो । एरिक्सनको अवस्था गम्भिर भएपछि उहाँलाई मैदानमै सीपीआर दिईएको थियो ।
केहि समय मैदानमा नै उहाँको उपचार गरेपछि उहाँलाई स्टेचरमा खेलाडीहरु र पर्दाले घरेर मैदान बाहिर निकालिएको थियो । त्यसअघि फिनल्याण्डका खेलाडीहरु, अधिकारी र रेफ्रीहरु पनि मैदान छाडेका थिए ।
मैदान बाहिर निकालिएका एरिक्सनको स्वास्थ्य अवस्थाको बारेमा भने केहि जानकारी दिइएको छैन ।
पहिलो हाफको सो समयसम्म खेल गोलरहित बराबरीको अवस्थामा रहेको थियो ।