गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त
Saturday, June 12th, 2021, 6:10 pm
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजै उहाँलाई संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियो । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गर्नुभएको थियो ।
मुख्यमन्त्री नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।