चीनका परराष्ट्र मन्त्री वाङ यीद्वारा जेनेभा निरस्त्रीकरण सम्झौता सम्मेलनलाई भिडियो सम्बोधन
Friday, June 11th, 2021, 11:54 pm
काठमाडौं । चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले आज ११ तारिख जेनेभा निरस्त्रीकरण सम्झौता सम्मेलनलाई भिडियो मार्फत सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा मन्त्री वाङले बहुपक्षीयतावाद मानव जातिका लागि ठीक बाटो भएकाले विभिन्न मुलुकले दृढताका साथ त्यसै बाटोमा डटिरहनुका साथै समान, मिलिजुली, सहयोगात्मक र दिगो नयाँ सुरक्षा दृष्टिकोणलाई अपनाउँदै सक्दो प्रयासमार्फत अन्तर्राष्ट्रिय सैनिक नियन्त्रण, निरस्त्रीकरण र अप्रसार प्रक्रियालाई अघि बढाउँदै जाने कुरामा जोड दिनुभएको छ।
भिडियो सम्बोधनको क्रममा मन्त्री वाङले चीनको तर्फबाट अन्तर्राष्ट्रिय सैनिक नियन्त्रण, निरस्त्रीकरण र अप्रसार प्रक्रियालाई अघि बढाउनका लागि ४ बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभयो। सीआरआई