मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा
Friday, June 11th, 2021, 4:05 pm
एजेन्सी । कोपा अमेरिकाका लागि अर्जेन्टिनाले स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा २८ सदस्यीस टोली घोषणा गरेको छ ।
अर्जेन्टिना फुटबल फेडेरेसन (एएफए) र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले मेस्सीको कप्तानीमा कोपा अमेरिकाका लागि २८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
मेस्सीको कप्तानी रहेको अर्जेन्टिनाको टिममा लोउटारो मार्टिनेज, एन्जल डि मारिया, जोआक्विन कोरेआ, सर्जियो अगुएरो र लुकास एलारियो रहेका छन् ।
घोषित अर्जेन्टिनाको टोली
गोलरक्षक – फ्रान्को अर्मानी, इमिलियानो मार्टिनेज, जुवान मुस्सो र अगस्टिन मार्चेसिन
डिफेन्डर – गोन्जालो मोन्टिइल, निकोलस ओटामेन्डी, जर्मन पिज्जीएला, निकोलस ट्याग्लिएफिको, लुकास मार्टिनेज क्वार्टा, मार्काेस एकुना, लिसान्द्रो मार्टिनेज, नाहुएल मोलिना लुसेरो र क्रिस्टियन रोमेरो
मिडफिल्डर – लियान्द्रो पारेडेस, जियोभानी लो सेल्सो, एक्सक्विल पालासिओस, निकोलस गोन्जालेज, गुइडो रोड्रिग्वेज, रोड्रिगो डि पउल, एलेजान्द्रो गोमेज, एन्जल कोरेआ , निकोलस डोमिन्ग्वेज
फरवार्ड – लियोनेल मेस्सी (कप्तान), लोउटारो मार्टिनेज, एन्जल डि मारिया, जोआक्विन कोरोआ, सर्जियो अगुएरो र लुकास एलारियो