दुई हजार धरौटी तिरेर गणेश लामा रिहा
Friday, June 11th, 2021, 4:01 pm
काठमाडौं । बिहीबार पोखरामा निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ परेका गणेश लामा रिहा भएका छ्न । प्रहरीले लामासहित तीन जनालाई पक्राउ गरेको थियो ।
लामासहित तीन जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीले जनही दुई हजार रुपैयाँ धरौटी मागेको थियो । उनीहरु सबै जना दुई हजार तिरेर छुटेका हुन् ।
बिहीबार पोखरास्थित लेकसाइडमा दीपक मनाङेलाई भेट्न पुगेका लामा पक्राउ परेका थिए ।