बायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेद्वारा राजीनामा
Friday, June 11th, 2021, 3:53 pm
काठमाडौं । नेपाल बायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिनुभएको छ । आज पर्यटन सचिव समक्ष उहाँले राजीनामा दिनुभएको हो ।
घिमिरेलाई तत्कालीन पर्यटन मन्त्री योगेस भट्टराईले २०७७ बैशाख २ गते निगमको कार्यकारी अध्यक्ष बनईएको थियो । केही महिनापछि डिमप्रकाश पौडेललाई महाप्रबन्धक बनाइएपछि घिमिरे सेरोमेनियल अध्यक्ष बन्नुभएको थियो ।
४५ अर्ब घाटामा सन्चालित निगम कोरोना महामारी सुरु भएपछि झन् संकटमा छ ।
प्रधानमन्त्री केपी ओलीका सल्लाहकारहरुले जहाज खरिदका लागि दबाब दिएका कारण बृद्व अवस्थामा अख्तियार धाउनुपर्ने भएपछि उनले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ । ओलीका सल्लाहकारहरु जहाज खरिद गरी कमिसन खाने दाउमा रहेका छन् ।