नेपाली सेनालाई भारतीय सेनाद्धारा स्वास्थ्य सामग्री सहयोग
Friday, June 11th, 2021, 3:44 pm
काठमाडौं । कोभिड -१९ महामारीको प्रतिकार्यका लागि नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
आज जङ्गी अड्डा, भद्रकालीमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर, आईसियु वेडहरु, पिपिइ सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरेको सेनाले जनाएको छ।