नेता नेपालले स्कुटरमा हड्तालको निरीक्षण गर्दै
Thursday, February 4th, 2021, 1:25 pm
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधव कुमार नेपाल आमहड्तालको निरीक्षणका लागि निस्कनुभएको छ । कोटेश्वरमा भएको हड्तालको निरिक्षण गर्न उहाँ स्कुटरमा निस्कनु भएको हो । कोटेश्वरमा नेकपा कार्यकर्ताले सकड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । त्यहाँ अप्रिय घटना नहोस भनेर नेपाल कोटेश्वर पुगेको जनाइएको छ ।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु सडकमा निस्कनुभएको थियो । शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपाले आज देशभर आम हड्ताल गरेको हो । हड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।
यसैबिच नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निरंकुश साशकको रुपमा प्रस्तुत गरेको बताउनुभएको छ । हड्तालको अनुगमनमा निस्किनुभएका अध्यक्ष नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताउनुभएको हो ।