काठमाडौं । प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आम हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट १५० नेता-कार्यकर्ता पक्राउ परेका छन् । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आमहड्तालको घोषणा गरेको हो ।
नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा,विजय पौडेल लगायत १ सय ५० बढी नेता-कार्यकर्ता पक्राउ परेको संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।