धनगढीमा नेकपाका दुई पक्षको झडप, स्थिती तनावग्रस्त
Thursday, February 4th, 2021, 12:52 pm
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूह आमुन्ने सामुन्ने आएपछि धनगढीको चौराहा तनावग्रस्त बनेको छ।
नेकपा ओली समूहका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले थुतेपछि विवाद
अहिले ओली समूहका कार्यकर्ताले चाबी फिर्ता गर्नुपर्ने भन्दै चौराहामा नाराबाजी गरिरहेका छन् भने अर्को प्रचण्ड–नेपाल समूहले हडतालको अवेज्ञा गरेको भन्दै थुतिएको चाबी फिर्ता नदिने अडान राखेको छ।