उत्कृष्ट पुनरागमन सहित बार्सिलोना सेमिफाइनलमा
Thursday, February 4th, 2021, 12:15 pm
एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्दै ग्रानडालाई अतिरिक्त समयमा पराजित गर्दै कोपा डे रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिजो राति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले हराउँदै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा ग्रानडाले खेलको ३३ औं मिनेटमा केनेडीको गोलबाट अग्रता लिएको थियो । ग्रानडाको घरेलु मैदानमा भएको खेलको ४७ औं मिनेटमा रोबर्टो सोल्डाडोले गोल गर्दै ग्रानडा २–० ले अगाडी रहेको थियो ।
पहिलो हाफमा ग्रानडाले पाएको २–० को अग्रता खेलको ८८ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याएका थिए ।

बार्सिलोनाका जोर्डी अल्बाले खेलको अतिरिक्त समयमा गोल गरेपछि बार्सिलोनाले निधारित समयमा खेल २–२ को बराबरीमा ल्याउन सफल हुदै खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा लम्केको खेलको १०० औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाएका थिए ।
फेडे भीकोले खेलको १०३ औं मिनेटमा गोल गर्दै ग्रानाडालाई पुनः ३–३ को स्थितिमा ल्याएका थिए । बराबरी खेलको १०८ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई ४–३ को अग्रता दिलाएका थिए ।

४–३ ले अघि रहेको बार्सिलोनाका लागि खेलको ११३ औं मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–३ को जित दिलाउदै कोपा डेल रेको सेमिफाइनलकोे यात्रा तय गराएका हुन् ।