आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ?
Thursday, February 4th, 2021, 11:57 am
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन ९०० रूपैयाँले घटेर ९१ हजार १०० रूपैयाँ कामय गरिएको छ ।
तेजाबी सुनको मूल्य आज तोलाको ९० हजार ६०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँ घटेर १३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।