बर्नलीलाई हराउदै सिटिले कायम गर्यो ३ अङकको अग्रता
Thursday, February 4th, 2021, 12:12 pm
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा म्यानचेस्टर सिटिले बर्नलीलाई हराउदै लिग तालिकामा पुनः ३ अङकको अग्रता कायम गरेको छ ।
बर्नलीको घरेलु मैदानमा भएको खेलमा सिटिले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा ग्राबियल जिसस र रहिम स्ट्रर्लिङले एक एक गोल गरे ।

बर्नलीबिरुद्ध सिटिका ग्राबियल जिससले खेल सुरु भएको तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सिटिका रहिम स्ट्र्रलिङले खेलको ३८ औं मिनेटमा गोल गर्दै सिटिलाई पहिलो हाफमा २–० अग्रता दिलाएका थिए । दोस्रो हाफमा सिटि अग्रता बढाउन र बर्नलीले अग्रतालाई घटाउन नसक्दा सिटिले पहिलो हाफमा पाएको अग्रताले खेल २–० गोलअन्तरले जितेको हो ।
जितसंगै २१ खेलबाट ४७ अङक जोडेको सिटि लिगमा ३ अङकको अग्रतासहित लिगको शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाईटेडको २२ खेलबाट ४४ अङक रहेको छ ।
प्रिमियर लिगको अर्को खेलमा लेस्टर सिटिले फुलहमलाई २–० ले पराजित गरेको छ । लेस्टरको जितमा केलिची र जेम्स जस्टिनले एक एक गोल गरे । जितसँगै लेस्टर २२ खेलबाट ४२ अङक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।