गायिका अरुणा लामाको आज स्मृति दिवस
Thursday, February 4th, 2021, 11:38 am
काठमाडौं । गायिका अरुणा लामाको आज स्मृति दिवस विविध साङ्गीतिक कार्यक्रम गरि मनाइदै छ । विसं २००२ साल भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिनुभएकी लामाको २०५४ साल माघ २२ गते काठमाडौंमा निधन भएको थियो ।
‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट उहाँको गीतियात्रा अघि बढेको थियो । उहाँका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।