उपत्यकाका विभिन्न स्थानबाट ७७ जना नेता,कार्यकर्ता पक्राउ
Thursday, February 4th, 2021, 11:28 am
काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट नेकपा प्रचण्ड–नेपाल समुहका ७७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
भक्तपुरमा एक जना र काठमाडौंका विभिन्न ठाउँबाट ७६ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण उपत्यकासहित देशका धेरै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौंमा हिजोअस्तिको तुलनामा गाडी भने कमै चलेका छन् । सरकारले ढुक्क भएर गाडी र बजार पसल खोल्न आग्रह गरेपनि केहि प्रभाव भने परेको छ बन्दको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।