बन्दको अवज्ञा गरेको भन्दै चार ओटा ट्रकमा तोडफोड
Thursday, February 4th, 2021, 11:19 am
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।
काठमाडौँबाट नारायणगढतर्फ जादैँ गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।
बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् । यस्तै टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।