पीएसजीको सहज जित
Thursday, February 4th, 2021, 11:08 am
एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्समाथि सहज जित निकालेको छ ।
घरेलु मैदानमा हिजो राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोल अन्तरले हराएको हो । पीएसजीका लागि पहिलो गोल खेलको १८ औं मिनेटमा डी मारियाले गरेका थिए ।

१–० को अग्रतालाई खेलको ३६ औं मिनेटमा सराबियाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा पाएको २–० को अग्रतालाई दोस्रोको ६८ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै अग्रता ३–० को बनाउदाँ पीएजीले सहज जित हासिल गरेको हो ।

जितसँगै पीएसजीले २३ खेलबाट ४८ अङक जोडेर तेस्रो स्थानमा रहेको छ ।