तोडफोड, आगजनी गरे कानुन अनुसार कारवाही : गृह मन्त्रालय
Thursday, February 4th, 2021, 4:30 am
काठमाडौं ।
गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले बिहीबारका लागि आव्हान गरेको आमहतालमा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तीको तोडफोड, आगजनी, लगायतका गतिविधि नर्गन र नगराउन आग्रह गरेको छ ।
साथै यस्ता गतिविधि भए कानुन अनुसार कारवाही हुने जनाउँदै यस्ता गतिविधि हुन नदिन आवश्यक व्यबस्था मिलाइएको उल्लेख गर्दै निर्धक्क आफ्ना उद्योग कलकारखाना चलाउन सबैसँग आग्रह गरेको छ ।
