विराटनगरसँग पुलिस पराजित, आमीले चौदण्डीलाई पाखा लगायो
Wednesday, February 3rd, 2021, 5:29 pm
काठमाडौं । जारी राष्ट्रिय महिला लिग अन्तर्गत नेपाल पुलिस क्लब विराटनगर महानगरपालिकासँग पराजित भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस विराटनगर महानगरपालिकासँग १–० गोल अन्तरले पराजित गरेको हो ।
विराटनगरले खेलको नवौं मिनेटमा पार्वती घलेले निर्णायक गोल गरेकी थिइन् । पुलिसले खेलमा पाएको गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा खेलको ९ औ मिनेटमा पार्वतीले गरेको गोलले पुलिस पराजित भएको हो ।
यो जितसंगै जारी लिगमा तेस्रो जित निकालेको विराटनगरकको ६ खेलबाट १० अङक रहेको छ । विराटनगर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । ६ खेलबाट ८ अङक जोडेको पुलिस लिगको चौंथो स्थानमा झरेको छ ।
यस्तै, महिला लिगमा आज भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिकालाई १२–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीकी आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल, सपना लामाले २ गोल साथै कप्तान अन्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले एक–एक गोल गरेका छन् ।
चौदण्डीविरुद्ध आर्मीकी हेमा चौधरीले खेलको तेस्रो मिनेट, अन्जली वाइबाले ८ औ मिनेटमा, विमला चौधरीले ३० औ मिनेटमा, बिमलाले ४८ औ मिनेट, रश्मी घिसिङले ८४ औ मिनेटमा, आर्मीका लागि १–१ गोल गरे भने सपना लामाले खेलको ८७ औ र ९० औ मिनेटमा आफ्नो २ गोल पुरा गरिन् ।
यस्तै आजको सर्वाधिक गोलकर्ता शर्मिला थापाले खेलको ६ औ मिनेटमा, १२ औ मिनेटमा, २३ औ मिनेटमा, २९ औं मिनेटमा र खेलको ३६ औं मिनेटमा शर्मिलाले व्यक्तिगत पाँचौ गोल पुरा गरेकी थिइन् ।
जितसंगै आर्मी ६ खेलबाट १३ अङकसहित लिगको दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय महिला लिगकै कमजोर टोली चौदण्डीको यो लगातार छैठौ हार हो । यसअघि एपीएफबिरुद्धको खेलमा चौदण्डी २२–० को फराकिलो अन्तरले हारेको थियो ।