नेपाल बन्द बन्द के का लागि ? प्रधानमन्त्री ओली
Wednesday, February 3rd, 2021, 5:22 pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द के का लागि भन्दै प्रश्न गरेका छन् । प्रचण्ड-माधव समूहले आयोजना गरेको बन्दको विषयमा उनले प्रश्न गरेका हुन् ।
सभागृहमा नेपाल भूमिहीन सुकुम्वासी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अोलीले प्रचण्ड-माधव समूहले बन्द कसका लागि गर्न लागेको भन्दै प्रश्न गरे ।
देश र जनताका नाममा भन्दै नेपाल बन्दको आयोजना गर्नु जनताकै अपमान भएको भन्दै ओलीले नेपाल अब बन्द नहुने पनि बताए ।
आफ्ना पदका लागि जोसँग जस्तोसुकै सम्झौता गर्न तयार हुनेहरुले जनताका लागि भन्दै बन्द गर्न आवश्यक नभएको उनको टिप्पणी थियो ।
प्रचण्ड- नेपाल पक्षले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरी प्रचण्ड–नेपाल समूहले संवैधानिक नियुक्तिहरू खारेज गर्न माग गर्दै बिहीवार बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।