उपत्यकामा ओली निकट राष्ट्रिय युवा संघले गर्यो मोटरसाइकल र्याली [फोटोफिचर]
Wednesday, February 3rd, 2021, 4:23 pm
काठमाडौं । नेकपा ओली समूह निकट राष्ट्रिय युवा संघले बुधबार मोटरसाइकल र्याली निकालेको छ ।

प्रधानमन्त्री ओलीका पक्षमा बालकुमारीबाट निकालिएको र्यालीले सातदोबाटो, जावलाखेल, थापाथली, दरबारमार्ग, जयनेपाल, कमलपोखरी हुँदै नगर परिक्रमा गरेको थियो । र्याली एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको संघले जनाएको छ ।

सहभागीले प्रधानमन्त्री ओलीका पक्षमा नारा लगाए । त्यस्तै उनीहरुले सरकारले घोषणा गरेको निर्वाचनलाई स्वागत गर्नुपर्ने बताएका छन् । नेकपाको ओली समूहले यही २३ गते काठमाडौंमा सभा गर्ने तयारी गरेको छ ।

ओलीले असंवैधानिक र अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपा दाहाल-नेपाल समूह आन्दोलनमा छ । ओली समूहले पनि शक्ति प्रदर्शन गर्न लागेको हो ।