७ सय ग्राम सुनसहित एयरपोर्टबाट एक पक्राउ
Wednesday, February 3rd, 2021, 3:30 pm
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झन्डै किलो सुनसहित एक युवक पक्राउ परेका छन्। विमानस्थलका सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले ७ सय ग्राम सुनसहित चितवनको भरतपुरका धीरेन्द्र महतोलाई पक्राउ गरिएको बताए।
नेपाल एयरलाइन्सको २३० नम्बर फ्लाइटमार्फत् नेपाल आएका महतोको लगेजभित्र उक्त सुन फेला परेको उनले बताए । यसबारे अनुसन्धान भइरहेको एसएसपी बास्तोलाले बताए।