संवैधानिक निकायका पदाधिकारीको शपथ संविधान विपरित गराइयो : सभापति कर्ण
Wednesday, February 3rd, 2021, 2:36 pm
काठमाडौं ।
संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको सपथ भएको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनु छ । सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै विघटित प्रतिनिधि सभाका सांसदसमेत रहेका कर्णले संविधानको धारा २९२ को प्रावधानविपरीत आयोगका पदाधिकारीको सपथ भएको बताए।
अहिले सपथ गराउन मिल्दैन्थ्यो। किनकी सुनुवाइको प्रक्रिया पुरा नगरी सपथ खुवाउदा यसले संविधानको व्यवस्थालाई उल्लंघन गरेको उहाँको भनाई छ । आथै आयोगका पदाधिकारीको नियुक्तिबारे आफूले संसद सचिवालयबाट जानकारी पाए पनि समितिमा जानकारी नआएको समेत बताउनु भयो।
संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन्
राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान आयोजित कार्यक्रममा उनीहरूले सपथ लिएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाएका थिए।
सपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए।
संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्वगृहसचिव प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेको थियो।
यसैबीच संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइबिना नै सपथ हुन लागेको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट समेत दायर गर्नु भएको थियो।