महिनावारी हुँदा के गर्नु हुँदैन जानी राखौँ !
Wednesday, February 3rd, 2021, 1:51 pm
एजेन्सी । महिनावारीका बेला केही महिलालाई पेट दुख्ने,टाउको दुख्ने, जिउ दुख्ने, अत्यधिक रक्तश्राव र अनिद्राजस्ता विभिन्न समस्या हुने गर्छन् । जसले गर्दा उनीहरुको कार्यतालिकामा असर पर्ने हुन्छ । महिलाले महिनावारी हुँदा के गर्न हुदैन भन्ने बिभिन्न रिसर्चले गरेको अध्ययनलाई यहाँ प्रस्तुत गरिएको छ ।
पेनकिलरको सेवनः
महिनावारीको दुखाइकम गराउन धेरैजसो महिलाले पेनकिलरको खाने गर्दछन् । जुन स्वास्थ्यको लागि एकदमै हानीकारक रहेको चिकित्सकहरुले बताउदै आएका छन् । अमेरिकन नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार महिनावारीका बेला दिइने पेनकिलर तपाईंको स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन् । यस्ता खालका औषधीको सेवन गर्दा तपाईंको शरीरको राम्रो ब्याक्टेरिया पनि नष्ट हुन्छन् । यसका कारण महिलालाई हृदयघात, अल्सर, मृगौला, लिभर र आन्द्रासम्बन्धि समस्या हुनसक्छन् ।
बास्नादार परफ्यूमको प्रयोगः
धेरैजसो युवतीहरु महिनावारीका बेला रगतको दुर्गन्धबाट बच्नका लागि परफ्यूमको प्रयोग गर्ने गर्दछन् । यसो गर्दा तपाईंलाई यिस्ट इन्फेक्सनका साथै थुप्रै इन्फेक्सनको खतरा बढ्ने बिभिन्न रिसर्चहरुले देखाएको छ । परफ्यूममा सिन्थेटिक र अन्य केमिकल हुने भएकाले यसले तपाईंको छालालाई हानी गर्ने गर्छ ।
डाइटिङ गर्नुः
महिनावारी हुँदा पौष्टिक र पर्याप्त मात्रामा भोजन गर्नु अत्यावश्यक हुन्छ । यतिबेला कुनै पनि कारणले खाना छोड्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । याद राख्नुहोस्, यतिबेला शरीर निकै कमजोर हुन्छ, यस्तोमा खाना छोड्नु हुदैन ।
प्याडको विषयमा लापरवाहीः
महिलाहरु कहिलेकाहीँ अल्छी गर्दा र रक्तश्राव धेरै भएको छैन भन्दै उनीहरुले लामो समय एउटै प्याड प्रयोग गर्ने गर्दछन् । महिनावारी भएका बेला तपाईं हरेक तीन घण्टामा स्यानेटरी न्यापकिन फेरिरहनुहोस् । यसो गर्दा तपाईं संक्रमणबाट सुरक्षित हुनुहुनेछ । साथै दुर्गन्धको समस्या पनि हुने छैन ।
रेयान कटन प्याडको प्रयोगः
महिनावारीका बेला प्रयोग गरिने धेरैजसो प्याड रेयान, कटन वा दुबैबाट मिलेर बनेको हुन्छ । तर सुन्दा अचम्म लाग्ला तर यसमा हानिकारक केमिकल्स र पेस्टिसाइडको प्रयोग गरिएको हुन्छ । यसको नकारात्मक असर महिलाको प्रजनन क्षमतामा पर्न सक्छ । एफडीएलाई विश्वास गर्ने हो भने यसमा भएको डाइअक्सिनले योनीको तन्तुमा नकारात्मक असर पार्छ । सधैं अर्गानिक कटनबाट प्याडनै प्रयोग गर्नुहोस् ।
व्यायाम नगर्नुः
महिनावारीका बेला महिलाहरु धेरैजसो सुस्त रहन्छन् । यस्तोमा उनीहरु हल्काफुल्का व्यायाम गर्न पनि अस्विकार गर्छन् । तर महिनावारी भएका बेला व्यायाम गर्न आवश्यक छ । यस्तो गर्दा तपाईंको शरीरबाट पसिनाको रुपमा सबै टक्सिन बाहिर निस्कने गर्छ ।
असुरक्षित सम्बन्धः
थुप्रै महिलालाई लाग्छ कि महिनावारीका बेला यौन सम्बन्ध स्थापित गर्दा अनावश्यक गर्भ रहनबाट बच्ने गरिन्छ । तर यस्तो सोच्नु सही होइन । यतिबेला पनि गर्भवती हुने सम्भावना रहेको हुन्छ । यसबाहेक संक्रमणबाट बच्नका लागि पनि महिनावारीका बेला यौन सम्बन्ध स्थापित गर्नबाट बच्नुपर्छ ।