तनहुँमा स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गादान
Wednesday, February 3rd, 2021, 1:36 pm
तनहुँ । व्यास नगरपालिका–१३ निवासी टेकबहादुर पन्थ र रामकृष्ण सेढार्इँलेका लागि आठ–आठ आना जग्गा निःशुल्क दान गर्नुभएको छ ।
आफूहरुले करीब रु १६ लाख बराबरको जग्गादान गरेको सेढाईँले बताउनुभयो । नगरपालिकाको रु १९ लाख आर्थिक सहयोगमा एक ढलानको भवन भने निर्माण गरिसकी सेवा प्रवाह गर्न थालिएको भवन निर्माण समितिका सदस्य गजेन्द्र पन्थले बताउनुभयो ।
चार वटै वडाका बासिन्दालाई केन्द्र पर्ने स्थानमा स्वास्थ्य भवन निर्माण गरिएकाले स्थानीयवासीमा खुशीयाली छाएको छ । उक्त स्वास्थ्य केन्द्रको माथिल्लो तला भवन थप गर्नका लागि नगरपालिकाले सहयोग गर्ने योजना बनाएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।