विराटनगरमा प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ
Wednesday, February 3rd, 2021, 1:34 pm
विराटनगर । मोरङ प्रहरीले बुधबार विराटनगरमा नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ।
झापाको दमक-९ पाडाजुँगीका ३१ वर्षीय अजय बलकोटीलाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको २ सय ८ थान ९१ लाख ४ हजार रुपैयाँ सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनु भयो। नेपाल-भारत सीमा क्षेत्र विराटनगर-१७ स्थित मटेरुवा नाका हुँदै नेपाल आउँदै गर्दा चेकजाँचका क्रममा बलकोटीको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ फेला परेको थियो।
पक्राउ परेको बलकोटीलाई आवश्यक कारबाहीका लागि प्रतिबन्धित रुपैयाँसहित विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।