भोलि विहिबार आम हड्ताल गर्ने प्रचण्ड माधव समूहको घोषणा
Wednesday, February 3rd, 2021, 1:21 pm
काठमाडौं । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको छ ।
नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको र यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिनु भयो ।
त्यसको आदिकारिक जानकारी दिनका लागि बुधबार दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।