ओली समूहले मोटरसाइकल र्याली निकाल्दै आज उपत्यकामा शक्ति प्रदर्शन गर्ने
Wednesday, February 3rd, 2021, 12:50 pm
काठमाडौं । नेकपाको भ्रातृ संस्था राष्ट्रिय युवासंघ नेपालको ओली पक्षले आज काठमाडौं उपत्यकामा बृहत मोटरसाइकल र्याली निकाल्दैछ । शुक्रवार काठमाडौंमा आयोजना हुने ओली समूहको आमसभा तयारीका लागि युवासंघले मोटरसाइकल ¥याली निकाल्न लागेको हो ।
ललितपुरको बालकुमारी पुलबाट सुरू हुने र्याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली, त्रिपुरेश्वर, आरएनसी,जमल, दरबारमार्ग नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर टुंगिने बताइएको छ ।