प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्षको बहस जारी
Wednesday, February 3rd, 2021, 12:37 pm
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सरकारी पक्षको बहस आज पनि सुरु भएको छ । सोमबारदेखि सरकारी पक्षका वकिलहरुले सरकारको पक्षमा बहस गरिरहेका छन् ।
अहिले वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिरहनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन् ।