झापामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
Wednesday, February 3rd, 2021, 12:20 pm
काठमाडौं । झापामा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–९ का २३ वर्षीय करण कार्की छन् ।
मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल कनकाई नगरपालिका–८ विरिङ पुलमा राति सवा १० बजे ठोक्किएको प्रहरीले जनाएको छ ।
बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल चालक कार्कीको झापा सिलिगुडी लैजाने क्रममा काँकडभिट्टामा मृत्यु भएको प्रहरीले जनाएको छ । मे ११ प ५७६७ नम्बरको मोटरसाइकलका चालक दमक–५ का भीमबहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको जनाएको छ ।