अर्बपति बेजोसले दिने भए अमेजनको सिइओबाट राजीनामा
Wednesday, February 3rd, 2021, 12:14 pm
एजेन्सी । अमेरिकी अर्बपति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोसले आउने जुलाई १ देखि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट राजीनामा दिने बताएका छन् ।
अमेजनका अनुसार बेजोस राजिनामापछि कम्पनीको कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् । बेजोसको राजिनामापछि अमेजन वेब सर्भिसका प्रमुख एन्डी ज्यासी नयाँ सिइओ बन्ने जनाइएको छ ।
बेजोसले २७ वर्षअघि अमेजन कम्पनी खोलेका थिए । अहिले अमेजनको बजार मूल्य १७ खर्ब डलर पुगेको छ ।