कुवेतमा एक श्रमिक नेपालीको मृत्यु
Wednesday, February 3rd, 2021, 12:04 pm
काठमाडौं । बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ क्होलासोथार–५ सिङ्दी घर भएका ३४ वर्षीय लालबहादुर गुरुङ रहेका छन् । केही समयदेखि जन्डिसको उपचार गराइरहेको उनको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।
उनि विगत ११ वर्षदेखि कुवेतको अल सारी नेशनल कम्पनीमा कार्यरत रहेको कुवेतस्थित नेपाली दूतावास श्रोतले जनाएको छ । कुवेतले कोरोनाका कारण लगाएको यात्रा प्रतिबन्धको करण शव नेपाल पठाउन ढिलाई हुने समेत दूतावासले जनाएको छ ।