युभेन्टसले मिलानमाथि जित निकाल्दा रोनाल्डोको दुई गोल
Wednesday, February 3rd, 2021, 11:59 am
एजेन्सी । कोपा इटालिया अन्तर्गत हिजो भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले इन्टर मिलानमाथि जित निकालेको छ ।
हिजो राति भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई सेमिफाइनलको पहिलो लेगमा २–१ गोल अन्तरको जित दर्ता गरेको हो ।
इन्टरको मैदानमा सेमिफाइनलको पहिलो लेगमा जित हासिल गर्दा युभेन्टसको जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले जितको लागि आवश्यक २ गोल दुबै रोनाल्डोले नै गरे ।

युभेन्टसबिरुद्ध मिलानले खेलको नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोलबाट खेलमा पहिले अग्रता लिएको थियो । ९ औ मिनेटमा मिलानले पाएको अग्रतालाई खेलको २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टिमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
खेललाई बराबरीमा ल्याएका रोनाल्डोले नै खेलको ३५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाएका हुन् । पहिलो हाफमा रोनाल्डोले गरेको २ गोल निर्णयक बन्दा मिलानबिरुद्ध युभेन्टसले पहिलो जित निकालेको छ ।

कोपा इटालियाको सेमिफाइनलको दोस्रो लेग फ्रेब्रेअरी १० मा युभेन्टसको घरेलु मैदानमा हुनेछ । कोपा इटालियाको अर्काे सेमिफाइनलमा नापोली र एटलान्टा आज राति भिड्दैछन् ।