सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको कारोबार ?
Wednesday, February 3rd, 2021, 11:46 am
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ ।
तेजाबी सुनको मूल्य आज तोलाको ९१ हजार ५०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा ६० रुपैयाँ घटेर १३ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।