प्रचण्ड–नेपाल समूहका विद्याथीले गरे संसद भवन अगाडि प्रर्दशन
Wednesday, February 3rd, 2021, 11:30 am
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडकमा प्रदर्शन गरेका छन् । यसअघि सार्वजनकि कार्यक्रम अनुसार आज सबै क्याम्पस अगाडि चक्काजाम गर्ने उल्लेख थियो ।
सोहीअनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि प्रदर्शन गरेका हुन् । पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले गरेको प्रदर्शनले कृहिबेरा गाडी जाम समेत भएको थियो ।