युनाईटेडबाट रोजो लागे बोका जुनियर्सतिर
Wednesday, February 3rd, 2021, 11:17 am
एजेन्सी । म्यानचेस्टर युनाईटेडका डिफेन्डर अर्जेन्टिनी खेलाडी मार्कुस रोजो अर्जेन्टिनाको क्लब बोका जुनियर्समा अनुबन्धित भएका छन् ।
अनुबन्धनको रकम नखुलाए पनि बोका जुनियर्सले डिफेन्डर रोजोलाई अनुबन्धित गरिएको जनाएको छ ।
रोजो सन् २०१४ मा युनाईटेड आएका थिए । युनाईटेडमा ७ वर्ष रहदा उनले १ सय २२ खेलमा २ गोल गरेका थिए ।
उनले गत वर्षको नोभेम्बरपछि युनाईटेडबाट खेल्ने मौका पाएका थिएनन् ।