युनाईटेडद्वारा साउथह्याम्पटन फराकिलो अन्तरले पराजित
Wednesday, February 3rd, 2021, 10:26 am
एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडल साउथह्याम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई ९–० को भारी अन्तरले पाखा लगाएको हो ।
हिजो भएको खेलमा साउथह्याम्पटनका २ खेलाडीले रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए । खेल सुरु भएको दोस्रो मिनेटमै एलेक्सजेन्ड्रा जान्केविट्जले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो । यस्तै खेलको ८६ औ मिनेटमा जानले रातो कार्ड पाएपछि साउथह्याम्पटन ९ खेलाडीमा समेटिएको थियो ।
९ खेलाडीमा समेटिएको साउथह्याम्पटनविरुद्ध युनाईटेडले ९–० को फराकिलो जित हासिल गरेको हो । युनाइटेडले खेलको १८ औं मिनेटमा आरोन वान वासिकाको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

युनाइटेडको अग्रतालाई खेलको २५ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै दोब्बर बनाए भने ३४ औं मिनेटमा जान बेडनाराकले आत्मघाती गोल गर्दा युनाईटेड अग्रता ३–० बनेको हो ।
खेलको ३९ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दा युनाईटेडले पहिलो हाफमै युनाइटेडले ४–० को बलियो अग्रता कायम गरेको थियो ।

दोस्रो हाफमा पनि गोलको सिलसिलालाई कायम राख्दै खेलको ६९ औं मिनेटमा एन्थोनी मार्सियलले युनाइटेडको अग्रतालाइ ५–० को बनाए ।
स्कट म्याकटोमिनले खेलको ७१ औं मिनेटमा गोल गर्दा युनाईटेडले साउथह्याम्पटनमाथि ६–० को अग्रता बनाएको थियो ।
८६ औ मिनेटमा जानले रेड कार्ड पाएर बाहिरिए १ मिनेट नबित्दै खेलको ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ७–० को अग्रता दिलाएका थिए ।

निरिह साउथह्याम्पटनमाथि खेलको ९० औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेड ८–० ले अघि परेको थियो । त्यसपछि खेलको इन्जुरी समयमा डानियल जेम्सले गोल गर्दा युनाईटेडले ९–० को फराकिलो जित हासिल गरेको हो ।
जितसंगै युनाईटेडले लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अङक बराबरी गरेको छ । युनाइटेडको साउथह्याम्पटनमाथिको जितसँगै २२ खेलबाट ४४ अङक रहेको छ भने शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटिको २० बाट ४० अङक रहेको छ ।