नायिकका वर्षा शिवाकोटी व्यापरको बाटो, स्किन सीटीको सीइओमा नियुक्त
Tuesday, December 29th, 2020, 1:50 pm
काठमाडौं । नायिका वर्षा शिवाकोटीले अभिनयसँगै व्यापरतिर पनि लागेकि छिन् । उनले आफ्नो व्यापरतर्फको कदम स्वास्थ्य क्षेत्रबाट सुरु गरेकि छिन् । उनी नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् ।
आफ्नो केहि प्रतिशत हिस्सा रहेको जानकारी दिदै उनले अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला राखेको बताएकि छिन् । आफ्नो फेसबुकमा स्किन सिटीको जानकारी भिडियो पोस्ट गर्दै उनले सो कुराको जानकारी दिएकि हुन् ।
स्किन सिटिले नङं, छाला, कपाललगायतका समस्याहरुको समाधान गर्दै सबैको सुन्दरतामा निखार ल्याउने विश्वास रहेको उनले बताएकि छिन् ।
बर्षाले चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनको नयाँ चलचित्र ‘परदेशी २’को केहि समयअघि मात्रै प्रर्दशन सकिएको छ ।