परिचय
‘रुङ’ डोल्पाका तिच्युरोङ क्षेत्रमा बस्ने तराली मगरहरुको मुख्य र महान चाड हो । यो चाड २० देखी २५ दिन सम्म मनाउने गर्दछन् । पहिला तिचुरोङ क्षेत्रमा त्यस क्षेत्रका राजा वा दाताका रुपमा च्योहोपता भन्ने थियो ।
रुङ तराली मगरहरुको कुल देवता च्योहोपताको भक्ती भावका साथ मनाउने गर्दछन । हिउंदमा तिचुरोङ क्षेत्रमा जाडो हुने जाडो छल्न, च्योहोपता मधेस झर्ने (उदौँली) को रुपमा च्योहोपताको बिदाइ स्वरुप रुङ मनाउने गर्दछ्न । च्योहोपता तिचुरोङ क्षेत्रको अभिभावक, रक्षक तथा परम पिता रुपमा मानिन्छ ।
तिचुरोङ क्षेत्रमा आपतविपत पर्दा होस या अतिवृस्ती, अनावृस्टी पर्दा होस सदैब च्योहोपताले वचावट गर्दछ भन्ने जनविश्वास पनि रहेको पाइन्छ । हरेक वर्ष हिउँदको बेला कहिले माघमा भने कहिले पौषमा पर्ने यो चाड तराली मगरहरुको महत्वपूर्ण र महान चाड हो । खेतको कामहरु तथा अन्न भण्डारण, अन्न प्रशोधन पछि फुर्सदको बेलामा मनाउने यो चाड विशेष गरी तिब्बेतियन लामा धर्मको पात्रोको आधारमा शुभसाइतको समय हेरेर मनाउने चलन रहेको छ ।
कहिले पौष महिनाको ९-११ वा कहिले माघ महिनाको ९-११ को विचमा जब चन्द्रमा र सप्तर्षि तारा एकै पंति, वा लाइनमा आएको वा जुरेको बेला शुभ साइत मानिन्छ । यो चाड छैगो या निकि नयाँ वर्षको ८/९ दिन पछि मान्ने गरिन्छ ।
‘रुङ’ काइके गाउँ पालिका (तिच्युरोङ) क्षेत्रका गाउँहरुमा सबै प्रत्येक घरधुरीहरुले मनाउने चलन रहको छ ।
यो चाडको बेला घरमा बस्ने, इष्टमित्र आफन्तजनहरु विच खाने, पिउने नाँचगान गर्ने तथा रमाइलो गर्ने, भैलो खेल्ने गरेर धुमधामका साथ मनाउने गरिन्छ ।
तराली मगरहरको कूल देवता ‘च्योहोपता’
रुङ र्पवको विधि
यो र्पव तराली मगर हरुको महान चाड हो । यो तराली मगरहरुले मान्ने नयाँ वर्ष छैगोको नवौं देखि एघारौं दिनको बिचमा पर्ने गर्दछ । लाप्सोल रुङको एक महत्वपुर्ण दिन हो । लाप्सोलको अघिल्लो दिनलाई छर्युचाङ/त्र्युचाङ भनिन्छ । जस्को अर्थ चोखो पानि ल्याउने भन्ने बुझिन्छ । छर्युचाङ/त्र्युचाङ भन्दा दुइ तिन दिन अगाडि प्रत्येक गाँउका घरधुरिहरुले आ–आफ्नो लत्ता कपडा धुनुका साथै सम्र्पूण घर आँगन लिपपोत गरेर चोख्याउने चलन छ । यसका साथै भाङको डोरि मुस्या/ख्युइ जम्मा गर्ने, धुपिको हाँगाहरु काटेर ल्याउने, एक प्रकारको जंगली पिडालु बुटिन जम्मा गर्ने र त्यसलाइ पानीमा पकाएर गम बनाउने गरिन्छ । यी र्कायहरु सबै छर्युचाङ/त्र्युचाङ भन्दा अगाडि अगावै गर्नु पर्दछ ।
छर्युचाङ/त्र्युचाङको दिन नजिकैको पानी पँधेरो वा पानी ल्याउने बिशेष ठाउँबाट चोखो पानी छयुबुइ/त्युपुइ गाग्रि वा ग्यालिन भरेर र त्यसमा पाति भन्ने एक प्रकारको झार वा धूपि राखि ल्याउने गरिन्छ । त्यहि चोखो पानीले जाँडको घयाम्पोमा हाल्ने, फामे/पाकि बनाउँदा प्रयोग गरिन्छ । छर्युचाङ/त्र्युचाङ को राति प्रत्येकको घर घरमा मिठे फापरको पुरी पाकुर, सातुको बिशेष किसिमको परिकार डाँके/डाङक्याल, ठुइरिल, फामे/पाकि जस्मा मह, चिनि, घिउ हालेर बनाउने गर्दछन । बिहान सबेरै उठेर फेरि घरमुलि नुहाइ धुहाइ गरेर लाज्या भन्ने एक किसिम परिकार जुन सातु र पानि हालेर बनाइन्छ ।
ला भनेको भगबान ज्या भनेको खाना यानिकि भगवान च्योपताको खाना, सगैं एउटा याक र एउटा भेडाको पुत्ला पनि बनाइन्छ ।
बिहान ८/९ बजे तिर लाज्या, छयाङ, काँसको कचौरामा घिउले सजाएको च्युरु सबै छटमा लगिन्छ । बिहानको पूजा गर्न घरमुलि वा आफ्नो खलकको बुढा मान्छेले बोलाउने चलन छ ।
रुङको बेला घर मूलि वा कुलको जेष्ठ नागरिकले पुजा गर्दै
पूजा गर्ने बेला सबै परिकारहरु लाज्य, तरकारि, च्युरु सहितको छयाङहरु छटमा एउटा फेरुवा ओछयाएर पुजा गरिन्छ । तिनै पुजारि सेतो च्यदार ओडेर, सेतो कपडा टाउकोमा बेरेर, यार लगाए पछि च्योपताको नाम लिदै पुजा शुरु हुन्छ । पुजा गर्दै जाँदा केहिबेर पछि लिङ्गो उठाउने काम हुन्छ । लिङ्गो उठाउँदा आफ्नो छर छिमेकको केटा मान्छेहरुलाइ बोलाएर उठाउने चलन छ ।
लिङ्गो उठाउदा “तारो तारो छ तारो लुङता तारो ” यानिकि जय होस,निरोगि होस,सख होस, दुःख नपरोस भनि कराउदै लिङ्गो हाल्ने गर्दछन । बिशेष गरि लिङ्गोलाइ केटाहरु व पुरुषहरुको प्रतिकको रुपमा लिने गरिन्छ ।
यसरि लिङ्गो हालिसके पछि केहि बेर सम्म पुजा पाठ चल्छ र केहि बेरमा पुजा सिद्दिन्छ । पुजा पछि सबै परिवार लाज्य खाने, खाना खाने काम हुन्छ ।
खाना खाइ सकेपछि महिलाहरु धो बनाउने काम तिर लाग्छन । धो भनेको धूपिको हागांहरु मिलाएर त्यसमा बुटिन(एक किसिमको लगाएर त्यसलाइ फापर भुटेको फुलहरुमा दुइ/चार घण्टा ढुगांले थिचि राखेर बनाएको एक प्रकारको बस्तु)हो जस्लाइ महिलाहरुको प्रतिकको रुपमा लिइन्छ । यसरि बेलुका ५/६ बजे तिर फेरि अर्को पुजा गरिन्छ । पुजा गर्ने बेला घर भित्र फेरुवा माथि सेतो धरि ओछयार त्यसको अगाडि फामे/पाकि, कासको कचौरामा घिउको बुट्टा च्युरु बरेर त्यसमा छयाङ बरेर, काँसको कचौरामा डाके/डाङक्याल, ठुइरिल, पुरि पाकुर राखेर पुजा घरमुलि वा आफ्नो खलकको सबैभन्दा जेठा पाकाले गरिन्छ ।
पुजारि सेतो च्यदार ओडेर, सेतो कपडा टाउकोमा बेरेर, यार लगाए पछि च्योपताको नाम लिदै पुजा शुरु हुन्छ । पुजा गरिरहेकै समयमा महिलाहरु भने त्यहि धो लाइ बाहिरबाट खोय खोय भन्दै घर भित्र भित्र्याइन्छ र खोय खोय भन्दै काठको खम्बामा भाङको डोरिले बाँधेर राखिन्छ ।
त्यसमा धो भन्ने मिठे फापरले बनाएको सानो तिन मुखे मूर्तिहरुलाइ पञ्च वा सप्त हाँगे काठको हाँगाको टुप्पोहरुमा उनेर त्यहि खम्बामा बाँधेको धो को बिच भन्दा केहि तल भागमा घोचेर राखिन्छ र धो राख्ने काम सिद्धिन्छ । त्यस पछि सबै परिवार लाइ डाँके/डाङक्याल, ठुइरिल र पुरि पाकुर राखेर, यार र फापरको फुल दाना टाउकोमा छरेर, कासको कचौरामा छयाङ राखेर सबैले डाँके/डाङक्याल को टुप्पो खाएर सगुन गरिन्छ ।
धो महिला बर्गको प्रतिनिधिको रुपमा लिइन्छ । धो राम्रो हुनु भनेको त्यस घरको महिलाहरु सु–स्वास्थ, दिर्घायु हुनुको रुपमा लिइन्छ । त्यसैले धो लाइ महिलाहरुको शोभाको रुपमा र लिङ्गोलाइ पुरुषहरुको प्रतिकको रुपमा लिइन्छ ।
त्यसै बेला फामे/पाकि लाइ घरभित्र कुनामा एक ठाउँमा ख्या भन्ने एक प्रकारको ढोकोले छोपेर राखिन्छ र लक्षिण बाँध्ने छयाताम भन्दै पुजारिले
“लौ आज देखि कुल देवता जहाँ भए पनि तिन दिनको लागि यहा बास गर्नु पर्यो मधेशमा भए पनि भोटमा भए पनि, भिरपाखा, डाडाकाडा, बनजङ्गल, खोलानाला, खोल्सा, पहरा जहाँ भए पनि तिन दिनको यहा हाम्रो पाहुना भइदिनु होला भन्दै कुल देवतालाइ बोलाएर लक्षिण बाँधिन्छ ।”
लक्षिण बाँधे सगैं त्यस दिन देखि तिन चार दिन सम्म लेन देन को काम तथा ठुलो स्वरमा कराउने, बोलाउने, घरमा आवाज निक्लिने कार्यहरु गर्न हुन्न र यसो गरिएको खण्ड कुल देवता भाग्ने सम्भावना हुन्छ भनि शान्त वातावरण बनाइन्छ । यसरि तिन चार दिन सम्मको लागि लक्षिण बाँध्ने छयाताम गरिन्छ । बेलुकी पख खाना पकाएर छयाङ खादै लाप्सोल सिद्धिन्छ ।
ल्हापसोलको भोलिबाट गाउँको चौरमा बच्चा, केटाकेटीहरु, युवा युवतीहरु जम्मा भएर खेल खेल्ने, नाँचगान गरि रमाइलो गरिन्छ । एक अर्काको घरमा पाहुना खाने, खुवाउने पनि गरिन्छ । तेस्रो वा चौथो दिन लक्षिण फुकाउने छयातोङ/छयाफोल गरिन्छ ।
यस दिन बिहान मिठे फापर र चिनि मिसाएर छिन्दु भन्ने लडडु चडाएर कुलदेवता फामे/पाकि लाइ त्यस दिन देखि लक्षिण र श्री सम्पति जति त्यहि छोडेर जहाँ जुन ठाउँमा घुम्न जान मन त्यहि ठाउँ सवारी हुन आग्रह गर्दै छयातोङ/छयाफोल गरिन्छ ।
त्यसै दिन गाउमा बाल बच्चाहरु, युबा युवतीहरु, वयस्कहरु पनि भैलो खेल्ने काम आरम्भ हुन्छ ।
शहरतारा, लावन र कोलामा भने बा छयाम भनेर, गाउँको चौरमा प्रत्येक दिन नाँच्ने गर्दछन । ल्हापसोलको भोलि पल्ट धो फाप्नान भनेर “रुङपचा” भन्ने ठाउँबाट सबै गाउँलेको धो भन्ने फापरको सानो मुर्ति बाँडिन्छ । ल्हापसोलको पर्सि पल्ट “रुङपुकि” भन्ने ठाउँ बाट धो ल्याएर बाँडिन्छ । यसरि बा छयाम भनेर प्रत्येक बेलुकि ४/५ बजे तिर गाउँको चौरमा नाँच्ने गर्दछन । गाउँलेहरुले पाला पालो गरि दिन नै पिछे आम्खोरा वा जगमा जाँड ल्याउने गर्दछन ।
यसरि नाँच्ने प्रक्रिया बिस दिन सम्म चलिरहन्छ । अन्त्यमा पुमा बायोङ भनेर महिनाको अन्तिम तिर एकदिन रुङलाइ बिदाइ गर्ने गर्दछन । यसै दिन बेलुका फामे/पाकि लाइ काटेर विधिवट रुपमा रुङलाइ बिदाइ गरिन्छ ।
काटेको फामे/पाकि आफन्त झन र इष्टमित्रहरुलाइ दिने पनि गर्दछन । यसरि पुमा बायोङको एक दुइ दिन पछिबाट गाउँलेहरु आ–आफ्नो काम तिर पनि लाग्छन । यसरि ‘रुङ’ तराली मगरहरुको संस्कृति बोकेको र तराली मगरहरुले प्रकृतिका जननी मानिने च्योपताको बिदाइ स्वरुप मानिने महान चाड हो ।
रुङको बेला नाचिने रैथाने नाँच ‘भामे नाँच’