पौष २० गतेदेखि कोहलपुर ओपन क्रिकेट सुरु हुने
Tuesday, December 29th, 2020, 1:49 pm
काठमाडौं । यहि पौष २० देखि कोहलपुर ओपन क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता पौष २० गतेदेखि २८ गतेसम्म सचांलन हुने आयोजक शारदा एजुकेशन पार्कले जानकारी दिएको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमी गर्ने जानकारी दिएको हो । नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला सहित काठमाडौं, सुर्खेत जस्ता बिभिन्न स्थानका १६ टोली सहभागी रहनेछन् ।
प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ , उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खेलहरु कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।