आँगन स्विट्समा प्रहरीको छापा
Tuesday, December 29th, 2020, 1:32 pm
काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्विट्समा प्रहरीले छापा मारेको छ । मिठाईमा अखाद्य वस्तु भेटिएको सूचनापछि प्रहरीले छापा मारेको हो ।
प्रहरी टोलीले र खाद्य तथा गुण नियन्त्रण कार्यालयले आवश्यक कारबाही अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले बताउनुभयो । आँगन मिठाई उत्पादनमा चर्चित नाम हो ।