मेस्सीले जाहेर गरे अमेरिकामा फुटबल खेल्ने चाहाना
Tuesday, December 29th, 2020, 1:20 pm
एजेन्सी । अर्जेन्टिनी स्टार खेलाडी एवम् बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अमेरिकामा फुटबल खेल्ने चाहाना जाहेर गरेका छन् ।
ला सेक्टा नामक स्पेनिस टेलिभिजनमा दिएको अन्तर्वातामा मेस्सीले सो चाहाना ब्यक्त गरेका हुन् ।

१३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका मेस्सीको यो जुनमा सम्झौता सकिदैछ । जुनमा सम्झौता सकिने मेस्सीले भविष्यको विषयमा आफुलाई थाहा नभएको प्रतिक्रिया जनाउदै अमेरिकामा खेल्ने इच्छा जाहेर गरेका हुन् ।
३३ वर्षिया फरवार्डले बार्सिलोनाबाट सर्वाधिक गोल गरेर किर्तिमान पनि कायम गरेका छन् । मेस्सीले बार्सिलोनाका लागि १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

मेस्सी ६ पटकका बालेन डी ओर विजेता पनि हुन् ।