संसदको सामना गर्न नसकेर प्रधानमन्त्री कायरझै भागेः गगन थापा
Tuesday, December 29th, 2020, 12:29 pm
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा विगतमा संसद भंग गरेका प्रधानमन्त्रीहरूले राजीनामा दिएको उल्लेख गर्दै नेता थापाले हालका प्रधानमन्त्रीले समेत राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीको संसद विघटनको कदमको आलोचना गर्दै सांसद थापाले संसदको सामना गर्न नसकेर प्रधानमन्त्री कायरझै भागेको आरोप समेत लगाउनुभयो ।
यस्तै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले जालझेल गरी असंवैधानिक कार्य गरेको भन्दै आक्रो िब्यक्त गर्नुभयो । यस विषयमा अदालतले न्याय दिनुपर्ने उहाँको भनाइ छ । अदालतको चार किल्लाभित्र न्याय र विवेकको हत्या नहोस भन्ने उहाँको आग्रह छ ।