सरकारविरुद्ध विप्लव, वैद्य, कट्टेल र आहुतिको मोर्चाबन्दी
Tuesday, December 29th, 2020, 12:07 pm
काठमाडौँ
सरकारविरुद्ध चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल(आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति गरेका छन्।
मंगलबार चारै दलका नेताद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको जनाइएको छ ।
विज्ञप्तिमा मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम समेत चाँडै नै घोषणा गरिने उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको पनि जनाइएको छ ।